+
+
WC Series
Won Nepal
129/2 (15.5)
VS
Nepal win by 8 wickets
UAE
128/8 (20)
Shares

कवि शर्माको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते २१:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कवियत्री अनुशा शर्मा सुवेदीद्वारा लिखित कविताकृति ‘पोइटिक डायस्पोरा’ माथि ललितपुर हात्तिवनमा समीक्षा गरिएको छ।
  • प्राडा अरूण गुप्तोले कविताका शब्दहरू चिन्तनशील र लेखकको शब्द खेल्ने क्षमता बलियो रहेको बताएका छन्।
  • अनुशाले परिवारसँग टाढा रहँदा अनुभव भएका भाव कवितामा समेटेकी छिन् र शिव भगवानप्रति भक्तिभाव रहेको बताएकी छिन्।

काठमाडौँ । कवियत्री अनुशा शर्मा सुवेदीद्वारा लिखित कविताकृति ‘पोइटिक डायस्पोरा’ माथि परिचर्चा गरिएको छ । ललितपुरको हात्तिवनमा आयोजित विशेष समारोहबीच उक्त कृतिमाथि समीक्षा गरिएको हो ।

प्रमुख अतिथिसमेत रहेका प्राडा अरूण गुप्तोले कविताका शब्दहरू निकै चिन्तनशील रहेको बताएका छन् । अंग्रेजी भाषामा लेखिएका १३० वटै कविता निकै शक्तिशाली रहेको उनले बताए । उनले लेखकको कुनै विषयलाई समातेर शब्दमा खेल्न सक्ने क्षमता र शाब्दिक परिकल्पनाशक्ति निकै बलियो रहेको बताए ।

यस्तै कवि समीक्षक केशव सिग्देलले अनुशाका कविता उच्च कोटिका भएको बताए । ‘शब्द-शब्दमा गहन अर्थ मीठो शिल्पीमा बाँधिएका छन् । खुट्किलावद्ध शैलीले पाठकलाई नतानी रहन सक्दैन । कवितामा भक्तिधारामा प्रवाहित छन् । कविता पढ्दा कविभित्रको स्वतन्त्रताको चिन्तन प्रस्टरुपमा छचल्किन्छ,’ उनले भने ।

समीक्षक महेश पौडेलले अनुशाका कवितामा जीवन र जगतलाई हेर्ने आयु रहेको बताए । उनले मेडिटेसनको काम गर्ने सामथ्र्य कवितामा रहेको धारणा राखेका थिए । आफूले कवितामा प्रसस्तै बाल मनोविज्ञानसमेत पाएको पौडेलको भनाइ थियो ।

कवि सरला केसीले पनि अनुशाका कवितामा शक्तिशाली भाव रहेको बताएकी थिइन् । ‘मलाई उहाँका कविता पढ्दा कुनै शीतल छहारिमा बसेजस्तै भान भएको छ । शब्दमा शक्ति र भावमा ओज छ । भावनात्मक कसीमा पाठकलाई बाँध्न सक्ने सामथ्र्य कविताले राख्दछन्,’ उनले भनिन् ।

कवि लेखक राजीव श्रेष्ठले अनुशाका कवितामा जीवनको अनुभूति पाएको प्रतिक्रिया दिएका थिए । ‘उहाँका कविता आफ्नै जीवन भोगाइबाट निस्किएका प्रतिछायाँ जस्ता छन् । म उहाँसँग सँगै काम गर्ने भएकाले नजिकबाट चिनेको छु । उहाँ आफैँमा आध्यात्मिक व्यक्ति हो । शिव भक्तिमा उहाँ चरम आनन्द प्राप्त गर्नुहुन्छ । त्यसैले उहाँका कवितामा अध्यात्मिक रससमेत रहेको छ,’ उनले भने ।

आफूलाई बुझ्न सकियो भने महिलाले समाजमा कसरी बलियो भूमिका निर्वाह गर्न सक्छन् भन्ने सन्देश अनुशाका कवितामा रहेको उनले बताए । उनले कविता पढ्दा अध्यात्मभावसँगै राष्ट्रभावसमेत छचल्किएको आफूले पाएको बताए ।

पत्रकार कवि र लेखक दीपक सापकोटाले अनुशाका केही कविता बाचन गरेका थिए । पत्रकार एवं साहित्यकार राज सरगमले सहजकर्ताको भूमिका निर्वाह गर्दै अनुशासँग कृतिका बारेमा संवाद गरेका थिए । त्यसक्रममा अनुशाले आफूले शब्दमा भन्न सकेका कुरा कविताका माध्यमबाट अभिव्यक्त गरेको बताइन् ।

‘मैले विभिन्न कारणले परिवारसँग टाढा रहनु पर्दाका अनुभूति कवितामा समेटेकी छु । आफ्ना भन्न नसकेका भाव कविताका माध्यमबाट व्यक्त गरेकी छु । यो कृति प्रकाशनका लागि मेरो परिवारको ठूलो साथ छ,’ उनले भनिन् ।

उनले आफूमा प्रकृति प्रेम र शिव भगवानप्रति बढी भक्तिभाव रहेको बताएकी थिइन् । कार्यक्रममा लेखक तथा बाल गीतकार रामबाबु सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?