+
+
Shares

रातो मत्स्येन्द्रनाथको रथ आज गाबहालबाट मंगलबजार पुर्‍याइने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १२:०५

९ वैशाख, ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ आज गाबहालबाट मंगलबजारसम्म तानिँदैछ । वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको दर्शन र आशीर्वाद लिन रथ भएको स्थानमा भक्तजनहरुको भीड लागेको छ ।

मंगलबार पुल्चोकबाट रथ तानेर गाबहाल पुर्‍याइएको थियो ।

परम्पराअनुसार आज दिनभरि गाबहालमा जात्रा मनाउने र पूजा हुने गर्दछ । अपराह्न रथलाई मंगलबजारतर्फ तान्ने कार्यक्रम छ । आज मंगलबजार पुर्‍याइएपछि रथलाई केही दिन त्यहीँ राखिने र त्यसपछि अन्य गन्तव्यहरुमा लैजाने परम्परा छ ।

पाटनको प्रसिद्ध यो रथयात्रा नेपालकै लामो जात्रा मध्ये एक हो । उपत्यकामा वर्षा गराउनका लागि मत्स्येन्द्रनाथलाई पुजिने धार्मिक विश्वास रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?