+
+
Shares

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाँकेमा गर्मी बढेसँगै रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायत विषालु सर्प देखिन थालेका छन्।
  • डिभिजन वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले अहिलेसम्म आर्थिक वर्षमा १४० सर्प उद्धार गरिएको जानकारी दिए ।
  • सशस्त्र वनरक्षक थीरबहादुर थापाको संयोजकत्वमा सर्प उद्धार टोली गठन गरिएको र बाँकेमा वन आगलागी नियन्त्रणका लागि ‘फायर एम्बुलेन्स’ टोली तयार गरिएको छ।

९ वैशाख, नेपालगन्ज (बाँके) । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले गर्मी खप्न नसक्ने अवस्थाले सर्प चिसोको खोजीमा बाहिर निस्कँदा केहीको घरमा पसेको उल्लेख गर्दै ती सर्पको उद्धार गरिएको बताए । ‘अहिले दैनिकजसो एउटा सर्पको बस्तीबाट उद्धार गरिएको छ र कहिलेकाहीँ दिनमा तीन सर्पको समेत उद्धार गरिएको छ’, उनले भने ।

उनले अहिलेको गर्मीमा विगतको वर्षभन्दा बढी सर्प जमिन बाहिर देखिएको जानकारी दिँदै ती सर्पको उद्धार गरेर जङ्गलमा लगेर छाडिएको बताए । यस आर्थिक वर्षमा चिसोयाममा समेत सर्पको उद्धार भएको थियो ।

उनले अहिलेसम्म यस आर्थिक वर्षमा १४० विभिन्न प्रजातिका सर्पको उद्धार गरिएको जानकारी दिए । सर्प उद्धार गर्नका लागि सशस्त्र वनरक्षक थीरबहादुर थापाको संयोजकत्वमा उद्धार टोली गठन गरिएको गुप्ताको भनाइ छ ।

सो टोलीलाई केही उपकरणसहित सामान्य तालिम दिइएको उल्लेख गर्दै उनले नेपालगन्जबाहेक कोहलपुरबाट समेत सर्पको उद्धार भएको बताए । बाँके राष्ट्रिय निकुञ्ज तथा त्यसको मध्यवर्ती क्षेत्रबाहेक जिल्लाका सम्पूर्ण भूभाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने डिभिजन वन कार्यालयले जनाएको छ ।

यसैबीच, बाँकेमा वनमा हुने आगलागीका घटना नियन्त्रण गर्न ‘फायर एम्बुलेन्स’ टोली तयारी अवस्थामा राखिएको छ । वन अधिकृत गुप्ताले अग्नि हेरालुसहित वनमा फायर लाइन बनाउने काम जारी रहेको बताए । बाँके राष्टि निकुञ्जबाट सरेको आगो शम्शेरगन्जमा निभाइएको उनको भनाइ छ । ‘केही आगालगी वनमा भएको थियो तर अहिले नियन्त्रणमा आइसकेको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?