News Summary
Generated by OK AI. Editorially reviewed.- साफ महिला च्याम्पियनसिप २०२६ को ड्र सार्वजनिक भएको छ ।
- जसमा ६ टोली दुई समूहमा विभाजन भएका छन् ।
- प्रतियोगिता मे २५ देखि जुन ६ सम्म भारतको गोवामा आयोजना हुने तय भएको छ ।
९ वैशाख, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अन्तर्गत हुने साफ महिला च्याम्पियनसिप २०२६ को ड्र सार्वजनिक भएको छ ।
बुधबार भएको ड्र (समूह विभाजन) अनुसार सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल, श्रीलंका र भुटान छन् भने आयोजक भारत, साविक विजेता बंगलादेश र माल्दिभ्स समूह बी मा छन् ।
नेपालले पहिलो खेल मे २५ मा भुटानसँग खेल्नेछ भने दोस्रो खेल श्रीलंकासँग मे ३१ मा खेल्नेछ ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिता आगामी मे २५ देखि जुन ६ सम्म भारतको गोवामा आयोजना हुने तय छ ।

प्रतिक्रिया 4