+
+
Shares

होर्मुज स्ट्रेटबाट दुई जहाज इरानले कब्जामा लियो, युद्धविराम भंग हुने चिन्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको समयसीमा बढाएपछि भएको यो घटनाले जारी युद्धविराम(अमेरिका–इरानबीच) तोडिने खतरा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १७:४२

९ वैशाख, काठमाडौं । स्ट्रेट अफ होर्मुजमा इरानले ती कार्गो जहाजमा हमला गरेर दुई जहाज नियन्त्रणमा लिएपछि तनाव बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको समयसीमा बढाएपछि भएको यो घटनाले जारी युद्धविराम(अमेरिका–इरानबीच) तोडिने खतरा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

बेलायतको यूके मेरीटाइम ट्रेठ अपरेसन्स सेन्टर(यूकेएमटीओ)का अनुसार पहिलो जहाजमाथि इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स(आईआरजीसी)ले फायर गरेको गरेको थियो ।

इरानी मिडियाका अनुसार आईआरजीसीले होर्मुज स्ट्रेटमा तीनवटा जहाजलाई लक्ष्य गरेर हमला गरेको थियो । आईआरजीसीले नै एमएससी फ्रान्सेस्का र एमामिनोडास कार्गो जहाज कब्जामा लिएर इरानी समुन्द्री तटतर्फ मोडिएको सार्वजनिक गरेको छ ।

आईआरजीसीको नेवी(जलसेना)ले ‘जरुरी परमिटबिना हिँडेको र नेविगेसन सिस्टम छेडछाड गरेको’ आरोप ती जहाजमाथि लगाएको छ ।

यो घटना अमेरिका र इरानबीच हुने अपेक्षा गरिएको शान्ति सम्झौताको बाटोमा प्रमुख रुकावट हुनसक्ने बीबीसी हिन्दीले टिप्पणी गरेको छ ।

यी घटनामा अहिलेसम्म कुनै पनि मानवीय हताहती र अन्य ठूलो घटनाको खबर भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?