News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका मेयर्स फोरमले ११ वैशाखदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र १५ वैशाखदेखि नियमित पठनपाठन सुरु गर्न सबै पालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ।
- मेयर्स फोरमले स्थानीय तहको अधिकार र सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखेर विद्यालय सञ्चालनका लागि यस्तो निर्णय गरेको जनाएको छ।
- इन्धन संकटलाई मध्यनजर गर्दै विद्युतीय सवारी प्रयोगलाई प्राथमिकता दिन र अनलाइन कक्षा लगायत वैकल्पिक उपायको तयारी गर्न मेयर्स फोरमले सुझाव दिएको छ।
९ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले ११ वैशाखदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र १५ वैशाखदेखि नियमित पठनपाठन सुरु गर्न उपत्यकाभित्रका सबै पालिकाहरूलाई अनुरोध गर्ने भएको छ ।
बुधबार बसेको मेयर्स फोरमको बैठकले स्थानीय तहको अधिकार र सर्वोच्च अदालतको आदेशलाईसमेत ध्यानमा राखी यस्तो निर्णय गरेको हो ।
‘नेपाल सरकारले हालै गरेको निर्देशनलाई समेत मध्यनजर गर्दै शिक्षा नियमावलीमा तोकिएको शैक्षिक सत्र अनुसार विद्यालय सञ्चालन गर्नका लागि यस वर्ष मिति २०८३ वैशाख ११ गतेदेखि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र मिति २०८३ वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न/गराउन काठमाडौं उपत्यका मेयर्स फोरमको मिति २०८३ वैशाख ९ गते बसेको बैठकको निर्णयअनुसार उपत्यकाभित्रका सबै पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरियो,’ मेयर्स फोरमले जारी गरेको विज्ञप्तिमा छ ।
साथै मुलुकमा विद्यमान इन्धन संकटलाई ध्यानमा राख्दै आगामी दिनमा इन्धनको थप संकट बढ्दै गएमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन र विद्यालय सञ्चालन तथा पठनपाठन अवरुद्ध हुन नदिनका लागि अनलाइन कक्षा लगायत अन्य वैकल्पिक उपायको समेत तयारी गरन फोरमले भनेको छ ।
२२ चैतको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र २०८३ को भर्ना अभियान १५ वैशाखदेखि र पठनपाठन २१ वैशाखदेखि सुरु गर्ने निर्णय गरेको थियो । यस निर्णयले विद्यालय सञ्चालनमा अन्योलता सिर्जना भई नियमित शैक्षिक क्रियाकलापमा असर पर्न गएकोप्रति मेयर्स फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सरोकार निकायबाट प्राप्त गुनासो सम्तको विश्लेषण गरी विद्यार्थीको सिकाइ उपलब्धिमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र उपत्यकाको शैक्षिक वातावरणमा एकरूपता कायम गर्नका लागि सबै विद्यालयहरूङ्गा शैक्षिक सत्र सञ्चालनको भावना अनुरूप पठनपाठन सुरु गर्न आवश्यक रहेको मेयर्य फोरमको बुझाइ छ ।
प्रतिक्रिया 4