News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक विजेता चन्द्रबहादुर थापा मगरलाई १ लाख नगदसहित सम्मान गरेको छ।
- चन्द्रले नोभेम्बरमा युएईको दुबईमा भएको पुरुष ५४ केजी तौलसमूहमा कांस्य पदक जितेका थिए।
- प्रशिक्षक दीपक महर्जनलाई पनि सम्मान गरिएको थियो र कार्यक्रममा कार्यवाहक मेयर सुनिता डंगोलले सहभागी भएर सम्मान गरे।
९ वैशाख,काठमाडौं । काठमाडौं महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापा मगरलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
चन्द्रले गत नोभेम्बरमा युएईको दुबईमा भएको उक्त च्याम्पियनसिपको पुरुष ५४ केजी तौलसमूह कांस्य जितेका थिए ।
काठमाडौं महानगरपालिकाले चन्द्रलाई १ लाख नगदसहित सम्मान पत्रबाट सम्मान गरेको हो । चन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म स्थान बनाएका थिए ।
नेपाली बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा कांस्य जितेको यो पहिलो पटक हो । सोही अवसरमा प्रशिक्षक दीपक महर्जनलाई पनि सम्मान गरिएको थियो ।
उनीहरूलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, महानगरका प्रवक्त नवीन मानन्धरलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
प्रतिक्रिया 4