+
+
Shares

युवा कलाकार डेविड महर्जनलाई शिवा-रागिनी पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १२:५६

१० वैशाख, काठमाडौं । युवा कलाकार डेविड महर्जनलाई शिवा-रागिनी पुरस्कार प्रदान गरिएको छ । शिवाता प्रेम प्रतिष्ठानले आफ्नो वार्षिक उत्सवमा महर्जनलाई सो पुरस्कार प्रदान गरेको हो ।

त्यस्तै हाल प्रतिष्ठानले नक्सालस्थित नेपाल ललित कला प्रज्ञाप्रतिष्ठानको चन्द्रमान मास्के हलमा युवा कलाकारहरूको चित्रकला प्रदर्शनी समेत गरिरहेको छ। महर्जनलाई सोही प्रदर्शनीको एक कार्यक्रमबीच १० हजार रुपैयाँ बराबरको पुरस्कार दिइएको हो ।

सो कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा नेपाल ललित कला प्रज्ञा-प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति प्राज्ञ नारद मणि हार्तम्छाली प्रमुख अतिथि र संगीता थापा विशेष अतिथिको रूपमा सहभागी थिए ।

सामाजिक सद्भाव, शिक्षा र मौलिक कला संस्कृतिको उत्थानका लागि वि.सं. २०७३ सालमा स्थापित यस प्रतिष्ठानले हालसम्म ३५ जनाभन्दा बढी विद्यार्थी तथा युवाहरूलाई छात्रवृत्ति प्रदान गरिसकेको छ । यस वर्षको प्रदर्शनीमा ३१ जना युवा कलाकारहरूका सिर्जनात्मक कलाकृतिहरू समावेश गरिएका छन् ।

प्रदर्शनी १५ बैशाखसम्म खुला रहने आयोजकले जनाएको छ । युवा कलाकारहरूको प्रतिभालाई मञ्च प्रदान गर्न र कला क्षेत्रमा नयाँ उर्जा थप्न यो प्रदर्शनी महत्वपूर्ण हुने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?