News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त भएका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीले डा. प्रधानलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने निर्णय गरेको छ।
- डा. प्रधानले १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज, भरतपुरमा प्राध्यापन गर्दै आएका छन्।
१० वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधानले जिम्मेवारी पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. प्रधानलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेको हो ।
चितवनलाई कार्यथलो बनाएर लामो समयदेखि चिकित्सा पेसा र प्राध्यापनमा सक्रिय डा. प्रधान विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), भरतपुरमा प्राध्यापनरत छन् ।
उनी दुई पटक नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य समेत भइसकेका छन् ।
यसका साथै उनले नेपाल चिकित्सक संघ, चितवन शाखाको उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
रास्वपाको स्थापनाकालदेखि नै सक्रिय डा. प्रधानले पछिल्लो समय पार्टीको बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या विभागको संयोजकका रूपमा काम गर्दै आएका थिए ।
उनी रास्वपाको समानुपातिक सूचीमा समेत थिए ।
प्रतिक्रिया 4