+
+
Shares

तोलामा २ हजार २ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ घटेर २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ।
  • चाँदीको भाउ पनि ७५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
  • गत शुक्रबार सुनको भाउ २ लाख ९९ हजार ८ सय र चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।

११ वैशाख, काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी ७५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ घटेसँगै ४ हजार ९४५ रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २० रुपैयाँ थियो । गत शुक्रबार चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?