+
+
Shares

सानिमा बैंकको नाफा ४२ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते ११:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४२.२२ प्रतिशतले खुद नाफा वृद्धि गरी २ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
  • बैंकको खुद ब्याज आम्दानी २०.४८ प्रतिशतले वृद्धि भई ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४७.५० प्रतिशतले बढेको छ।
  • निक्षेप ४.१३ प्रतिशतले वृद्धि भई २ खर्ब ३३ अर्ब र कर्जा ८.१३ प्रतिशतले बढेर १ खर्ब ९० अर्ब पुगेको छ, तर वितरणयोग्य नाफा २.५९ प्रतिशतले घटेको छ।

११ वैशाख, काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार खुद नाफामा उल्लेखनीय प्रगति हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा ४२.२२ प्रतिशतले वृद्धि भएको छ।

चालु आवमा तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १ अर्ब ६५ करोड रुपैयाँ थियो । यद्यपि, वितरणयोग्य नाफा भने २.५९ प्रतिशतले घटेको छ । चैत मसान्तसम्म वितरणयोग्य नाफा २ अर्ब १४ करोड रुपैयाँ छ ।

बैंकको खुद ब्याज आम्दानी २०.४८ प्रतिशतले वृद्धि भई ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। साथै, सञ्चालन नाफा ४७.५० प्रतिशतले बढेर ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी २३.०७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९.५५ रुपैयाँ छ । निष्क्रिय कर्जा ३.४२ प्रतिशतबाट बढेर ३.९९ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप ४.१३ प्रतिशतले वृद्धि भई २ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा ८.१३ प्रतिशतले बढेर १ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। समग्रमा, सानिमा बैंकको वित्तीय अवस्था सुदृढ बन्दै गएको देखिए पनि वितरणयोग्य नाफा र खराब कर्जा व्यवस्थापनमा चुनाैती थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?