+

दशाैं पीएम कप एनभीए भलिबल लिग : महिलातर्फ न्यु डायमन्ड र एभरेस्ट विजयी

२०८३ वैशाख  ११ गते १३:५२ २०८३ वैशाख ११ गते १३:५२
दशाैं पीएम कप एनभीए भलिबल लिग : महिलातर्फ न्यु डायमन्ड र एभरेस्ट विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबले रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ मा शुक्रबार जित हात पारेका छन्।
  • एभरेस्टले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पहिलो जित हात पारेको हो।
  • न्यु डायमन्डले सुदूरपश्चिम प्रदेशलाई २५-११, २५-३, २५-१ को सोझो सेटमा पराजित गरेको छ।

१० वैशाख, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबले रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत शुक्रबार जित हात पारेका छन् ।

बुटवलको एभरेस्टले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पहिलो जित हात पारेको हो । बिहीबार भएको पहिलो खेलमा एभरेस्ट नेपाल पुलिस क्लबसँग पराजित भएको थियो

पहिलो दिन त्रिभुवन आर्मी क्लबलाई हराएको एपीएफको यो पहिलो हार हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहफमा भएको खेलमा एभरेष्टले एपीएफलाई २५-२०, १६-२५, २५-१७, २५-१६ ले पराजित गरेको हो ।

यस्तै शुक्रबार भएको पहिलो खेलमा न्यु डायमन्डले सुदूरपश्चिम प्रदेशमाथि सोझो सेटमा एकपक्षीय जित हात पारेको छ ।

दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको एकपक्षीय खेलमा न्यु डायमन्डले सुदूरपश्चिम प्रदेशलाई २५-११, २५-३, २५-१ ले पराजित गरेको हो ।

शुक्रबारै पुरुषतर्फ ३ खेल हुनेछ ।

दशौंं पीएम कप एनभीए भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय