News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका सांसद आरेन राईले थापाथलीस्थित सुकुमवासी बस्ती अवलोकन गर्न पुगेर सुकुमवासीलाइ समर्थन गर्ने बताए।
- सरकारले थापाथलीमा रहेका सुकुमवासी बस्ती हटाउने तयारी गरिरहेको बेला सांसद राईले सुकुमवासीलाइ बिना विकल्प हटाउन खोजिएको भन्दै विरोध जनाए।
- सांसद राईले आफूहरू सधै सुकुमवासीको पक्षमा हुने बताए ।
११ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राई काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा पुगेका छन् ।
सरकारले थापाथलीमा बसेका सुकुमवासी बस्ती हटाउने तयारी गरिरहेको समयमा सांसद राई शुक्रबार सुकुमवासी बस्ती पुगेका हुन् ।
सरकारले बिना विकल्प आफूहरूलाई हटाउन खोजेको भन्दै सुकुमवासीहरूले प्रदर्शन गरिरहेको समयमा सांसद राई थापाथली पुगेका हुन् ।
थापाथलीमा रहेका सुकुमवासी बस्तीको अवलोकन गर्न पुगेका सांसद राईले भने, ‘सुकुमवासीको पक्षमा हामी हुनेछौं । हाम्रो पार्टी हुनेछ । अरू पार्टीको जिम्मा लिन सकिन्नँ । म सधैं सुकुमवासीको हकका लागि बोलिरहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4