+

एसियन बिच गेम्स : वर्षाका कारण नेपाल र बंगलादेशबीचको खेल स्थगित

२०८३ वैशाख  ११ गते १७:१० २०८३ वैशाख ११ गते १७:१०
एसियन बिच गेम्स : वर्षाका कारण नेपाल र बंगलादेशबीचको खेल स्थगित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छैटौं एसियन बिच गेम्स २०२६ को महिला कबड्डी अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।
  • नेपालले समूह बी अन्तर्गत नेपालले थाइल्यान्डसँग शनिबार खेल्नेछ ।
  • एसियन बिच गेम्समा सहभागि हुने नेपाली कुस्ती टोली शुक्रबार चीन प्रस्थान गरेको छ ।

११ वैशाख, काठमाडौं । चीनको सान्यामा भइरहेको छैटौं एसियन बिच गेम्स २०२६ को महिला कबड्डी अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।

समूह बी मा रहेको नेपाल र बंगलादेशबीच शुक्रबार  खेल हुने तालिका थियो ।

तर वर्षाका कारण स्थगित भएको नेपाली टोलीका सेभ दि मिसन रहेका राम कृष्ण श्रेष्ठले जानकारी दिए ।

अब नेपाले समूह बी अन्तर्गत थाइल्यान्डसँग भने यसअघि निर्धारित तालिका अनुसार नै शनिबार खेल्नेछ ।

नेपाल र बंगलादेशबीच रोकिएको खेल भने आइतबार हुने सेभ दि मिसन श्रेष्ठले जानकारी दिए ।

यसैबीच छैटौं एसियन बिच गेम्समा प्रतिस्पर्धा गर्न नेपाली कुस्ती टोली शुक्रबार चीन प्रस्थान गरेको छ । नेपालबाट कुस्तीका तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कुस्तीमा पुरुषतर्फ सुरेश चुनाराले ८० केजी र त्रिलोकी प्रसाद यादवले ९० केजीभन्दा माथी तथा महिलातर्फ सुशिला चन्दले ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

 

छैटौं एसियन बिच गेम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय