+
+
Shares

काठमाडौं-दोहा उडान पुन: थाल्दै नेपाल एयरलाइन्स

निगमका अनुसार काठमाडौं-दोहा-काठमाडौं रुटमा सातामा ४ उडान गर्न लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमले पश्चिम एसियामा जारी युद्धका कारण अनियमित काठमाडौं-दोहा रुटमा नियमित उडान तयारी गरेको छ।
  • निगमले वैशाख तेस्रो सातादेखि काठमाडौं-दोहा-काठमाडौं रुटमा सातामा ४ उडान गर्ने योजना बनाएको छ।
  • उडान सोमबार, बिहीबार र शनिबार हुने र असहज परिस्थिति हुँदा रद्ध हुन सक्ने निगमले अग्रिम जानकारी गराएको छ।

११ वैशाख, काठमाडौं । पश्चिम एसिया (मध्यपूर्व) युद्धका कारण अनियमित काठमाडौंं-दोहा रुटमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान तयारी गरेको छ ।

निगमले वैशाख तेस्रो सातादेखि उडान नियमित गर्ने योजना बनाएको सूचना जारी गर्दै जनाएको छ । निगमका अनुसार काठमाडौं-दोहा-काठमाडौं रुटमा सातामा ४ उडान गर्न लागिएको सूचनामा उल्लेख छ । जस अनुसार काठमाडौंबाट सोमबार, बिहीबार र शनिबार उडान हुनेछ ।

निगमले मध्यपूर्वमा जारी असहज परिस्थिति र असुरक्षाका कारण यी उडान जुनसुकै समयमा रद्ध हुन सक्नेमा भने अग्रिम जानकारी गराएको छ ।

त्यसरी रद्ध भएको अवस्थामा निगमले थप आर्थिक र अन्य दायित्व नबेहोर्ने स्पष्ट पारिएको छ । निगमले पहिले टिकट लिई यात्रा गर्न असमर्थ यात्रुलाई प्राथमिकता समेत दिने भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?