१२ वैशाख, काठमाडौं । ई–बिडिङको सिस्टम ह्याक प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चपुर निर्माण सेवा प्रालिका ३२ वर्षीय अमृत बोहरा छन् । काठमाडौंको टोखा नगरपालिका–४ बानियाटार बस्दै आएका बोहरालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हो ।
उनी पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । यसअघि राप्रपाका नेता विक्रम पाण्डेलाई सीआईबीले यही प्रकरणमा पक्राउ गरेको थियो ।
यो समूहले ई–गभर्मेन्ट प्रोक्युमेन्ट सिस्टममा अनाधिकृत पहुँच पुर्याई ठेक्का विवरण हेरफेर गरेको आरोप छ । उनीहरुमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गभर्मेन्ट प्रोक्युमेन्ट सिस्टममा पहुँच पर्याएर ठेक्काका विवरणहरु हेरफेर गरी आर्थिक प्रस्ताव खोल्नु अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिर्वतन गरेको आरोप छ ।
प्रतिक्रिया 4