१२ वैशाख, काठमाडौं । प्रहरीको जिउँदो इतिहास जोडिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)को जग्गा प्रहरीकै हुने निर्णयलाई पूर्वआईजीपी मञ्चले स्वागत गरेको छ ।
पूर्व प्रहरी संगठन प्रमुखहरुको मञ्चले एक विज्ञप्ती जारी गर्दै सरकारको यो निर्णयलाई स्वागत गरेको छ ।
‘संगठनको मानव स्रोत व्ययवस्थापनमा अनुपम प्रस्थान बिन्दुको रुपमा रहेको प्रहरी एकेडेमी कुनै सरकारी संयन्त्र वा प्रतिष्ठान मात्र थिएन । त्यो त प्रत्येक प्रहरी कर्मचारीको आत्मासँग जोडिएको प्रत्यक्ष जिउँदो इतिहास हो । अपर्याप्त बजेटमा कसरी प्रहरी कर्मचारी र नागरिकको सहयोगमा स्रोत व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरणको विश्व विद्यालय पनि हो’ विज्ञप्तीमा भनिएको छ ।
मञ्चका संयोजक पूर्वआईजीपी मोतिलाल बोहराद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको, ‘प्रहरीको गौरवान्तिम इतिहास बोकेको मौलिक संरचना अर्को सरकारी निकायको बिस्तारका लागि अतिक्रमण गर्ने तत्कालीन सरकारको गलत निर्णय सच्याएकोमा सरकारलाई धन्यवाद छ ।’

प्रतिक्रिया 4