News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्ती खाली गर्ने सूचना जारी गरी शनिबारदेखि डोजर चलाएर संरचना भत्काउन थालेको छ।
- सुकुमवासीहरूलाई राख्न सरकारले तीनवटा क्षेत्र तोकेको छ र उनीहरू स्थानान्तरण हुँदैछन् तर कतिपयलाई अब कहाँ जाने भन्ने दोधार देखिन्छ।
- थापाथलीमा डोजर चलेपछि केही सुकुमवासीहरू खाना पकाएर बाहिर बसेका छन् र एक आमाले कोक्रोमा बच्चा राखेको दृश्य देखिएको छ।
१२ वैशाख, काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू शनिबार बिहानैदेखि भत्किरहेका छन् ।
सरकारले दुई दिन अघि सूचना जारी गर्दै आज र भोलि काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन लागेको हो । थापाथलीमा बिहानैदेखि डोजर चलिरहेको छ भने सिनामंगल, मनोहरा लगायतका क्षेत्रमा भने बस्ती खाली हुने प्रक्रियामा छ ।
वर्षौंदेखि सो क्षेत्रमा बसेका उनीहरू सरकारको निर्देशन र आश्वासन दुवै बोकेर बस्तीबाट स्थानान्तरण हुँदैछन् । कतिपयलाई अब कहाँ जाने भन्ने दोधार देखिन्छ भने कतिपयले आ–आफ्नो व्यवस्था गरिसकेका छन् ।
यसैबीच सरकारले पनि सुकुमवासीलाई राख्न विभिन्न तीनवटा क्षेत्रहरू तोकेको छ । आफू बस्दै आएको बस्तीमा डोजर चलेपछि स्थानान्तरण हुन बाँकी भएका केही व्यक्तिहरूका दृश्य भने दु:खद देखिन्छ ।
एक आमाले कोक्रोमा आफ्नो बच्चालाई राखेको दृश्यले धेरैको मन तानेको छ । थापाथलीकै बस्ती बाहिर क्षेत्रमा अहिले सुकुमवासीहरू खाना पकाएर खान थालेका छन् ।
तस्वीरहरू :



प्रतिक्रिया 4