News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले काठमाडौंको गैरीगाउँस्थित नदी किनारका सुकुमवासी बस्तीका संरचना हटाउन सुरु गरेको छ।
- थापाथली आसपासका सुकुमवासी बस्ती खाली गराइसकिएको छ र अहिले गैरीगाउँमा प्रहरीको सहयोगमा संरचना हटाइँदैछ।
- शनिबार दिउँसो १ बजेसम्म २२ परिवारका सदस्यहरू घरवारविहीन भएको भन्दै सरकारसँग सम्पर्कमा आएका छन्।
१२ वैशाख, काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना पनि हटाउन सुरु गरिएको छ ।
शनिबार बिहानबाट सरकारले काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन थालेको हो ।
यसअघि थापाथली आसपासका सुकुमवासी बस्ती खाली गराइसकिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीसमेतको सहयोगमा गैरीगाउँका सुकुमवासी बस्तीका संरचना हटाउन थालिएको हो ।
यसैबीच शनिबार बिहान ११ बजेसम्ममा थापाथलीस्थित बागमती नदी आसपासका सुकुमवासीहरू सरकारको सम्पर्कमा जान थालेका छन् ।
दिउँसो १ बजेसम्म २२ परिवारका सदस्यहरू घरवारविहीन भएको भन्दै सम्पर्कमा आएका छन् । उनीहरू आफ्नो परिवारको विवरण सरकारी टोलीलाई उपलब्ध गराएका हुन् ।









प्रतिक्रिया 4