+
+
Shares

सुकुमवासी बस्तीका दृश्य : एकातिर डोजर, अर्कातिर प्याकिङ (तस्वीर/भिडियो)

दिउँसोबाट डोजर चल्न सुरु भएको गैरीगाउँ क्षेत्रमा बस्तीका व्यक्तिहरू धमाधम सामान सारिरहेका छन् । उनीहरूलाई सुरक्षा प्रशासनले थप सहयोग गरिरहेको छ ।

कमल/दिनेश/चन्द्र/आर्यन कमल/दिनेश/चन्द्र/आर्यन
२०८३ वैशाख १२ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंका मुख्य नदी किनार आसपासका क्षेत्रमा शनिबार बिहानदेखि अव्यवस्थित टहराहरू भत्काउन डोजर चलाइएको छ।
  • नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले बस्ती खाली गराइरहेको छ।
  • सरकारले दशरथ रंगशालामा होल्डिङ सेन्टर राखेर सुकुमवासीको पहिचान गरिरहेको छ।

१२ वैशाख, काठमाडौं । शनिबार बिहानदेखि काठमाडौंका मुख्य नदी किनार आसपासका क्षेत्रमा धमाधम डोजर चलिरहेको छ । सरकारले पूर्वसूचना जारी गर्दै हिजो साँझ ७ बजेसम्म नै बस्ती खाली गराउन भनेको थियो ।

सोही अनुसार, शनिबार बिहानैबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले बस्ती खाली गराइरहेको छ ।

यसैबीच बिहान थापाथली आसपासका क्षेत्रमा रहेका अव्यवस्थित रूपमा बनेका टहराहरू भत्काइएको थियो ।

दिउँसो सिनामंगल र गैरीगाउँ क्षेत्रमा पनि टहरामा डोजर लगाइएको छ । सुकुमवासी बस्तीमा डोजर चलिरहँदा केही भावुक, केही दु:खद दृश्य पनि देखिएका छन् ।

थापाथलीमा एक आमाले आफ्नो बच्चालाई सडकमै कोक्रो राखेर सुताइरहेको दृश्य देखियो । सञ्जालमा यसबारे टिप्पणी गर्दै उचित व्यवस्थापनको माग गरिरहेको भेटिन्छ ।

दिउँसोबाट डोजर चल्न सुरु भएको गैरीगाउँ क्षेत्रमा बस्तीका व्यक्तिहरू धमाधम सामान सारिरहेका छन् । उनीहरूलाई सुरक्षा प्रशासनले थप सहयोग गरिरहेको छ ।

एकातिर डोजर चलिरहेको देखिन्छ, अर्कोतिर मान्छेहरू आफ्ना सामानहरू गाडीमा राखेर हिंडिरहेको पनि ।

यसैबीच सरकारले दशरथ रंगशालामा होल्डिङ सेन्टर राखेर वास्तविक सुकुमवासीको पनि पहिचान गरिरहेको छ ।

हेर्नुस् थप तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?