+
+
Shares

सुदूरपश्चिम : प्रदेश प्रमुख-मुख्यमन्त्री भेट, वैशाख १७ मा प्रदेशसभा अधिवेशन

यस्तै मुख्यमन्त्री शाहले वैशाख १७ गते बिहीबार अपराह्न ४ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते १५:३६

१२ वैशाख, काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुुर शाहले प्रदेश प्रमुख नजिर मियाँसँग शिष्टाचार भेट गरेका छन् । शनिबार प्रदेश प्रमुख निवास पुगेर मुख्यमन्त्री शाहले प्रदेश प्रमुखसँग शिष्टाचार भेट गर्दै समसमायिक राजनीतिबारे छलफल गरेका हुन् ।

सोही क्रममा मुख्यमन्त्री शाहले प्रदेश सभाको आठौं अधिवेशन आह्वानका विषयमा पनि कुराकानी गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

यस्तै मुख्यमन्त्री शाहले वैशाख १७ गते बिहीबार अपराह्न ४ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?