माइक्रोसफ्ट गेमिङले आफ्नो नेतृत्व परिवर्तनसँगै ‘एक्सबक्स’ ब्रान्डलाई पुनर्जीवित गर्ने घोषणा गरेको छ। सन् २०२२ मा एभ्टिभिजन ब्लिजार्डको खरिदपछि अपनाइएको ‘माइक्रोसफ्ट गेमिङ’ नामलाई परिवर्तन गरी कम्पनी फेरि आफ्नो पुरानै पहिचानमा फर्कन लागेको हो।
सीईओ आशा शर्मा र सीसीओ म्याट बुटीले एक्सबक्सको नयाँ लक्ष्य दैनिक सक्रिय खेलाडीहरूको संख्या बढाउनु रहेको बताएका छन्। उनीहरूका अनुसार माइक्रोसफ्ट गेमिङले कम्पनीको संरचना त बुझाउँथ्यो तर यसको महत्त्वाकांक्षा र उचाइलाई समेट्न सकेको थिएन।
एक्सबक्सले आफ्नो भविष्यको योजनामा कन्सोललाई नै केन्द्रमा राख्ने बताएको छ। अर्को पुस्ताको कन्सोल ‘प्रोजेक्ट हेलिक्स ‘ को विकासका लागि एएमडीसँग बहुवर्षीय साझेदारी गरिएको छ, जसले उच्च प्रदर्शन र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्नेछ।
ग्राहकहरूको गुनासो र सेवा महँगो भएको निष्कर्ष निकाल्दै एक्सबक्सले गेम पासको शुल्क घटाएको छ। Game Pass Ultimate को मासिक शुल्क २९.९९ डलर बाट घटाएर २२.९९ डलर कायम गरिएको छ भने PC Game Pass को शुल्क १६.४९ डलरबाट ३.९९ डलरमा झारिएको छ। यद्यपि, यो मूल्य अक्टोबर २०२५ मा गरिएको ५०% वृद्धिको तुलनामा अझै केही बढी नै हो।
एक्सबक्सले अब ‘कल अफ ड्युटी’लाई ‘डे-वान’ लन्च लाइनअपबाट हटाउने निर्णय गरेको छ। साथै, कम्पनीले माइनक्राफ्ट, द एल्डर स्क्रोल र सी अफ थिभ्स जस्ता प्लेटफर्महरूलाई थप सुधार्ने योजना बनाएको छ।
कम्पनीले अब चीन र अन्य उदीयमान बजारहरूका साथै मोबाइल प्रयोगकर्ताहरू माझ आफ्नो पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। यसका साथै विशेष गेमहरूको ‘एक्सक्लुसिभिटी विन्डो’ र एआईको प्रयोगबारे पनि पुनः मूल्याङ्कन गरिने बताइएको छ।
प्रतिक्रिया 4