+
+
Shares

तोलामा २ हजार ७ सय रुपैयाँ बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ।
  • सुनको भाउ अघिल्लो दिनको तुलनामा २ हजार ७ सय रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ९९५ रुपैयाँ पुगेको छ।

१३ वैशाख, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ २ हजार ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत आइतबार ३ लाख १ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । शुक्रबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९९५ रुपैयाँमा पुगेको छ । गत आइतबार चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?