+

आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

२०८३ वैशाख  १३ गते १२:०० २०८३ वैशाख १३ गते १२:००
आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्सनलले न्युकासल युनाइटेडलाई १-० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ।
  • एबेरेची इजेले नवौं मिनेटमा गरेको गोल नै आर्सनलको जितको निर्णायक बन्यो।
  • आर्सनल ३४ खेलबाट ७३ अंक जोडेर शीर्षस्थानमा छ भने म्यान्चेस्टर सिटी ७० अंकसहित दोस्रो स्थानमा छ।

१३ वैशाख, काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा न्युकासल युनाइटेडलाई १-० ले पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लिएको हो ।

आर्सनलको जितमा एबेरेची इजेले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । न्युकासलले पनि गोलको केही अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन ।

जितपछि आर्सनल ३४ खेलबाट ७३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीले एक खेल कम खेलेर ७० अंक जोडेको छ ।

पराजित न्युकासल भने ४२ अंकका साथ १४औं स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको टोटनहम हटस्परले वुभ्ल्सलाई पराजित गरेको छ भने वेस्ट ह्यामले एभर्टनलाई २-१ ले पराजित गरेको छ ।

आर्सनल इंग्लिस प्रिमियर लिग न्युकासल युनाइटेड म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय