+

बार्सिलोना ला लिगाको उपाधि नजिक, शीर्षस्थानमा ११ अंकको अग्रता

२०८३ वैशाख  १३ गते १२:१५ २०८३ वैशाख १३ गते १२:१५
बार्सिलोना ला लिगाको उपाधि नजिक, शीर्षस्थानमा ११ अंकको अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोना स्पेनिस ला लिगामा ११ अंकको अग्रता बनाएर उपाधि नजिक पुगेको छ।
  • बार्सिलोना रियल मड्रिडभन्दा ५ खेल बाँकी रहँदा ८५ र ७४ अंकसहित अगाडि छ।
  • बार्सिलोनाले गेटाफेलाई २-० ले हराउँदै फर्मिन लोपेज र मार्कस रासफोर्डका गोलले जित सुनिश्चित गर्‍यो।

१३ वैशाख, काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई हराउँदै शीषर्स्थानमा ११ अंकको अग्रता बनाएको हो ।

शुक्रबार दोस्रो स्थानको रियल मड्रिडले रियल बेटिससँग १–१ को बराबरी खेलेपछि बार्सिलोनाले अग्रता थप फराकिलो बनाउने मौका पाएको थियो । गेटाफेलाई २-० ले हराउँदै अग्रता फराकिलो बनायो ।

अब बार्सिलोना रियलभन्दा ११ अंकले अगाडि छ, दुवै टोलीको ५ खेल बाँकी छ । बार्सिलोनाको ३३ खेलमा ८५ अंक छ भने रियलको समान खेलमा ७४ अंक छ ।

पहिलो हाफको अन्त्यतिर फर्मिन लोपेजले पेड्रीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा सब्स्टिच्युटका रूपमा आएका मार्कस रासफोर्डले काउन्टर अट्याकमा उत्कृष्ट गोल गर्दै जित सुनिश्चित गरे ।

यो जितसँगै बार्सिलोना २९औं ला लिगा उपाधितर्फ मजबुत रूपमा अघि बढेको छ ।

बार्सिलोना स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय