News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेटर करण केसीले अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पुरा गरेका छन्।
- करणले १५४ खेलमा ९५ ओडिआई र १०६ टी–२०आई विकेट लिएका छन्।
- शनिबार यूएईसँगको ओडीआई खेलमा ४ विकेट लिएर नेपालले यूएईलाई पराजित गरेको थियो।
१३ वैशाख, काठमाडौं । नेपाली क्रिकेटर करण केसीले अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पुरा गरेका छन् ।
सन् २०१५ मा टी–२०आईबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका करणले ओडिआई र टी–२०आईमा गरेर २ सय विकेट पूरा गरेका हुन् ।
करणले १५४ खेलमा २०१ विकेट लिएका छन् । ६६ ओडिआईमा ९५ र ८८ टी–२०आईमा १०६ विकेट लिएका छन् ।
उनले शनिबार भएको यूएईसँगको ओडीआई खेलमा ४ विकेट लिएर शानदार प्रदर्शन गरेका थिए ।
त्यही प्रदर्शनमा नेपालले यूएईलाई पराजित गरेको थियो ।
प्रतिक्रिया 4