News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि नबढ्ने प्रणाली सुरु भएको बताएका छन्।
- दाहालले संसद्मा विधेयकलाई सरोकारवालाको समस्या, भावना र मनोविज्ञान अनुसार गम्भिरतापूर्वक छलफल गरेर टुंगो लगाइने आश्वासन दिएका छन्।
- उनले संसद्मा ४० प्रतिशतभन्दा बढी युवाहरूको प्रतिनिधित्व हुनु गर्वको विषय भएको बताए।
१३ वैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि नबढने बताएका छन् ।
साना तथा मझौला व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले कुनै पनि विधेयक सरोकारवालाहरूसँग छलफल गरेर मात्रै अघि बढाउने प्रणालीको बलजफती सुरुवात गर्न आफूहरू सफल भएको बताएका हुन् ।
अध्यक्ष दाहालले सरोकारवालाहरूको समस्या, भावना र मनोविज्ञान अनुसार नै संसद्मा विधेयकलाई अघि बढाइने आश्वासन समेत दिए ।
उनले संसद्मा विधेयक आउँदा जसरी आएको भएपनि संसद्मा त्यसको विषयमा गम्भिरतापूर्वक छलफल गरेर टुंगो लगाइने पनि बताए ।
अध्यक्ष दाहालले भने, ‘तपाईंहरूलाई अनौठो लाग्नसक्छ । बलजफती हामीले केसम्म अहिले गर्न सकेका छौं भने कुनै पनि विधेयक आयो र छलफल गर्दाखेरि सम्बन्धित सरोकारवालालाई ल्याएर त्यो विधेयकको छलफलको पहिलो दिन नै सरोकारवालाका समस्या, उनीहरूका भावना, मनोविज्ञानलाई समेट्नुपर्छ भन्ने एउटा सिस्टमको अहिले सुरुवात भएको छ । जसले सरोवालासँग छलफल नगरी विधेयक अगाडि बढ्दैन । तर त्यो बन्दाखेरी कताकताबाट बन्छ भन्ने स्थिति छ । मन्त्रीलाई सोध्यो आएको छ, मैले त प्रस्तुत गरेँ भनेको हुन्छ । यस्तै अवस्था छ ।’
अध्यक्ष दाहालले संसद्मा ४० प्रतिशत भन्दा बढी युवाहरूको प्रतिनिधित्व हुनु गर्वको विषय भएको पनि बताए ।
प्रतिक्रिया 4