+

लैनचौर टिम च्याम्पियन

२०८३ वैशाख  १३ गते १६:०० २०८३ वैशाख १३ गते १६:००
लैनचौर टिम च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लैनचौर तेक्वान्दो डोजाङले तेश्रो बागमती प्रदेश काठमाडौं डेपुटी मेयर कप खुला तेक्वान्दो प्रतियोगितामा च्याम्पियन बनेको छ ।
  • न्यु सरस्वती तेक्वान्दो डोजाङ दोस्रो र ढल्को तेक्वान्दो डोजाङ तेस्रो भयो ।
  • प्रतियोगितामा ३ सय ४० खेलाडीले २४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

१३ वैशाख, काठमाडौं । लैनचौर तेक्वान्दो डोजाङले तेश्रो बागमती प्रदेश काठमाडौं डेपुटी मेयर कप खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ७ स्वर्ण, ३ रजत र १ कांस्यसाथ लैनचौर समग्रमा टिम च्याम्पियन बन्यो ।

न्यु सरस्वती तेक्वान्दो डोजाङको आयोजनामा क्षेत्रपाटीस्थित सरस्वती माविमा भएको प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ दीलिप स्मृति तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानको ढल्को तेक्वान्दो डोजाङले ३ स्वर्ण, १ रजत र ५ कांस्य हात पा¥यो ।

स्काइ वाक र प्रोक्सिमा एजुकेसनको सहयोगमा भएको प्रतियोगिताको पुरुषमा लैनचौरका रोहन भुजेल तथा महिलामा द नेक्स्ट लेभलकी आयुष्मा चौधरी उत्कृष्ट खेलाडी चुनिए ।

काठमाडौं महानगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा ३ सय ४० खेलाडीले विभिन्न २४ स्पर्धामा प्रतिस्पर्धा गरेको प्राविधिक प्रमुख रामचन्द्र व्यञ्जनकारले जनाएका छन् । हरेक स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

विजेतालाई नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरी, महासचिव राजेश प्रजापति, आयोजक सरस्वती तेक्वान्दो डोजाङका अध्यक्ष दिनेशकुमार वाडा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सम्मान गरिएको थियो ।

सोही प्रतियोगिताकै दौरान ननअफिसियल प्रतियोगिता पनि भएको थियो । करिब ३ खेलाडी सहभागी थिए ।

तेश्रो बागमती प्रदेश काठमाडौं डेपुटी मेयर कप खुला तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय