+
+
Shares

भारतको सङ्गाई युनिभर्सिटीमा पढेका ९८ नेपालीको शैक्षिक उपाधिमा प्रश्न, प्रमाण पेस गर्न ३५ दिने म्याद

सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा पढेका ९८ जना नेपालीहरुले समकक्षता प्रमाणपत्र पाउनका लागि त्रिभुवन विश्वविद्यालयमा निवेदन दिएका थिए । उनीहरुको नाम सार्वजनिक गर्दै शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेस गर्न अल्टिमेटम दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते ८:२६
Photo Credit : AI

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले मणिपुरको सङ्गाई इन्टरनेसनल युनिभर्सिटीबाट अध्ययन गरेका ९८ नेपालीको शैक्षिक उपाधिको वैधता पुष्टि गर्न ३५ दिने अल्टिमेटम दिएको छ।
  • भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ मे १५ मा सो विश्वविद्यालयलाई सूचीबाट हटाएर उपाधि अवैध घोषणा गरेको छ।
  • त्रिभुवन विश्वविद्यालयले ती विद्यार्थीको नाम, ठेगाना र विषय सार्वजनिक गरी वैधता पुष्टि गर्न कागजात पेश गर्न भनेको छ।

१४ वैशाख, काठमाडौं । भारत मणिपुर राज्यको सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका झण्डै एक सय जना नेपालीको शैक्षिक उपाधि संकटमा परेको छ । त्यसमा छानबिन गरिरहेको त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले ९८ जनाको नाम सार्वजनिक गर्दै शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेस गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।

भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ को मे १५ मा मणिपुर राज्यको साङ्गाई इन्टरनेसनल युनिभर्सिटीलाई सूचीबाट हटाएको थियो । साथै सो युनिभर्सिटीबाट जारी भएका शैक्षिक उपाधिलाई उच्च शिक्षा र सरकारी रोजगारीका लागि अवैध घोषणा गरेको थियो ।

सोही सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा पढेका ९८ जना नेपालीहरुले समकक्षता प्रमाणपत्र पाउनका लागि त्रिभुवन विश्वविद्यालयमा निवेदन दिएका थिए ।

त्यसमा छानबिन गरिरहेको त्रिवि पाठ्यक्रम विकास केन्द्रले ती ९८ जनाको नाम, ठेगाना र उनीहरुले पढेको भनिएको विषय सार्वजनिक गरेको छ ।

साथै सूचनामा लेखिएको छ, ‘तपाईंको नाममा यस केन्द्रबाट जारी गरी प्रदान गरिएका समकक्षता पत्रहरु छानबिन भइरहेकाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले प्राप्त गरेको समकक्षता पत्रको सक्कलप्रति तथा आफूले प्राप्त गरेको उल्लेखित शैक्षिक उपाधिको वैधता पुष्टि गर्ने कुनै आधार प्रमाण भए सोसहित यस केन्द्रमा लिखित रुपमा पेश गर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?