News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज दिउँसो सानेपामा बस्ने भएको छ।
- निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २ वैशाखमा सात दिने स्पष्टीकरण सोधिएको थियो तर उनले जवाफ दिएका छैनन्।
- जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङले भने ७ वैशाखमा सोधिएको स्पष्टीकरणको जवाफ बुझाइसकेको बताएका छन्।
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले हस्ताक्षर गरेको सूचनामा एजेन्डाहरू भने उल्लेख गरिएको छैन ।
यसअघि २ वैशाखमा बसेको बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको थियो ।
त्यस्तै ७ वैशाखमा बसेको अर्को बैठकले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई तीन दिने स्पष्टीकरण सोधेको थियो ।
निवर्तमान कार्यवाहक सभापति खड्काले अल्टिमेटम अवधि पूरा भइसक्दा पनि स्पष्टीकरण भने दिएका छैनन् । यद्यपि, उनले स्पष्टीकरण सोधिएकै दिन अनुशासन समितिको निर्णयलाई अवैधानिक भनेका थिए ।
७ वैशाखको बैठक अघि एक पदाधिकारीले अनलाइनखबरसँग खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने बताएका थिए । तर, बैठकबाट त्यसबारे कुनै निर्णय भएको थिएन ।
रामेछाप सभापति तामाङले भने स्पष्टीकरण बुझाइसकेको बताएका छन् ।
प्रतिक्रिया 4