+
+
Shares

प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु, ४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते ८:४४

१४ वैशाख, प्युठान । गौमुखी गाउँपालिकामा आइतबार चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार वडानम्बर ६ लिवाङका ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैजनाको शव जिल्ला अस्पतालमा राखिएको छ । आज सोमबार पोस्टमार्टम गरिने अस्पतालले जनाएको छ ।

चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाइते भएका छन् । वडानम्बर ४ की २४ वर्षीया सिर्जना न्यौपाने र वडानम्बर ६ की ५४ वर्षीया गमी बोहोरा जिल्ला अस्पताल विजुवारमा उपचाररत छन्।

यस्तै, माण्डवी गाउँपालिका-२ रातापानीमा पनि चट्याङ लागेर दुई दिदीबहिनी घाइते भएका छन् । २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?