News Summary
Generated by OK AI. Editorially reviewed.- सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेर ३ लाख ५ सय रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ ३ लाख ५ सय रुपैयाँ तोकेको छ।
- चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँ बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ।
१४ वैशाख, काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ बढेसँगै ३ लाख नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत सोमबार २ लाख ९९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत माघ १५ गते हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४५ रुपैयाँमा पुगेको छ । गत सोमबार चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4