News Summary
Generated by OK AI. Editorially reviewed.- लिम्चुङबुङ गाउँपालिका–४ का ५१ वर्षीय शमशेर राई सुनकोशी नदीमा माछा मार्ने क्रममा पाँचदिनपछि मृतावस्थामा फेला परेका छन्।
- शमशेर राई गत मङ्गलबार साँझ ३ बजे साथीहरूसँग माछा मार्न गएका बेला नदीमा बेपत्ता भएका थिए।
- उनको शव रौतामाई गाउँपालिका भदौरेस्थित सुनकोशी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताए।
१४ वैशाख, गाईघाट (उदयपुर) । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई पाँचदिनपछि मृतावस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३:०० बजे नदीमा बेपत्ता भएका थिए ।
स्थानीय र प्रहरीको खोजीपछि शनिबार साँझ राईको शव जिल्लाको रौतामाई गाउँपालिकाको भदौरेस्थित सुनकोशी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताए ।
घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि १८ कोशी उत्तरी पहाडी क्षेत्रमा रहेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4