१४ वैशाख, काठमाडौं । २४ घण्टाको फरकमा दोस्रो पटक पाकिस्तान पुगेका इरानी विदेशमन्त्री अब्बास अराघची त्यहाँबाट रुस पुगेका छन् । आइतबार पाकिस्तानको राजधानी इस्लामावादमा रहेका उनी सोमबार रुसको राजधानी मस्को पुगेका हुन् ।
रुस पुगेर अराघचीले पाकिस्तानको तारिफ गरेका छन् । ‘पाकिस्तानले इरान-अमेरिकाबीचको वार्तामा अहम् भूमिका निभाएको छ,’ रुसको सेन्ट पिटर्सबर्गमा बोल्दै उनले भने, ‘हामीले पाकिस्तानमा आफ्ना साथीसँग राम्रो कुराकानी गर्यौं । अल्लाहलाई धन्यवाद छ, कि त्यहाँको यात्रा धेरै सफल रह्यो ।’
उनले पाकिस्तामा रहँदा अहिलेसम्म जे भयो त्यसको समीक्षा गरेको बताएका छन् । ‘हामीले अहिलेसम्म जे भयो त्यसको समीक्षा गर्यौं र अगाडि वार्ता कसरी र कुन सर्तमा जारी राख्न सकिन्छ भन्ने विषयमा पनि चर्चा गर्यौं,’ उनले भने ।
अराघचीले रुससँग पनि युद्धसँग जोडिएका अवस्था र मौजुदा स्थिपतबारे कुराकानी भएको बताइका छन् । ‘हामीले आफ्ना रुसी साथीसँग युद्धसँग जोडिएका अवस्था र तत्कालीन स्थितिबारे कुराकानी गर्छौं र समीक्षा गर्छौं,’ उनले भने,‘ताकि स्वाभाविक रूपमा आवश्यक सहकार्य पनि गर्न सकियोस् ।’
प्रतिक्रिया 4