+
+
Shares

ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस् : प्रदीप पौडेल   

कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् ।    

रासस रासस
२०८३ वैशाख १४ गते १४:४५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन्।
  • पौडेलले सुकुमवासी हटाउँदा पूर्वतयारी नपुगेको हुनसक्ने धारणा व्यक्त गरेका हुन्।
  • उनले सरकारको कार्यशैलीले नागरिक त्रसित हुनु नहुने र राम्रोसँग काम गर्नुपर्ने बताए।

१४ वैशाख, ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री पौडेलले यस्तो बताएका हुन् ।

नेता पौडेलले सुकुमवासी हटाउँदा पूर्वतयारी नपुगेको हो कि भन्ने आफूलाई लागेको बताए ।

‘सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस्,’  उनले भने ।

महामन्त्री पौडेलले सुकुमवासीलाई हटाउनु हुँदैन भन्ने कांग्रेसको धारणा नभएको र सबै सुकुमवासी थिए भन्नेमा पनि आफ्नो पार्टीको धारणा नभएको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?