+
+
Shares

शोभा पाठकलाई अस्पताल पठाइयो, अम्बिका बस्नेत प्रहरी परिसरमा

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पाठकलाई वीर अस्पताल पठाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उनलाई वीर अस्पताल पठाइएको छ।
  • हातपात गरेको आरोपमा नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पाठकले एमाले नेता महेश बस्नेतमाथि गम्भीर अपराध गरेको आरोप लगाउँदै कारबाही र गृहमन्त्री सुधन गुरुङको पुनर्बहालीको माग गर्दै धर्ना बसेकी थिइन्।

१४ वैशाख, काठमाडौं । माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पाठकलाई वीर अस्पताल पठाइएको हो ।

हातपात गरेको आरोपमा नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहितका व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उनीसहित ७ जना अहिले प्रहरी परिसर भद्रकालीमा छन् ।

पाठकले एमाले नेता महेश बस्नेतले आफूमाथि गम्भीर अपराध गरेको आरोप लगाउँदै कारबाही हुनुपर्ने माग गर्दै आएकी छिन् । अहिले भने पाठक विवादमा आएपछि राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङलाई पुनर्बहालीको माग गर्दै माइतीघरमा धर्ना बसेकी थिइन् ।

सोही क्रममा उनीमाथि हातपात भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?