+
+
Shares

नेकपाको महाधिवेशन ११-१५ मंसिरसम्म काठमाडौंमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १७:१३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीले आगामी ११-१५ मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ।
  • नेकपाको केन्द्रीय संयोजन समितिले जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका, वडा र जनसंगठनहरूको समायोजन गर्ने तय गरेको छ।
  • असोज मसान्तसम्म जिल्ला अधिवेशन र १५ कात्तिकमा प्रदेश अधिवेशन सकिएपछि राष्ट्रिय महाधिवेशन हुनेछ।

१४ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ११-१५ मंसिरसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

नेकपाको केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

एक नेताकाअनुसार जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका, वडा र जनसंगठनहरूको संगठनात्मक समायोजनको काम सम्पन्न गर्ने तय भएको छ ।

त्यस्तै, असारदेखि साउनसम्म श्रम शिविर सञ्चालन गर्ने, सदस्यता नवीकरण गर्ने काम सकेपछि तल्लो तहको अधिवेशन गर्ने उल्लेख छ ।

१५ भदौसम्म वडा अधिवेशनहरू सम्पपन गर्ने, भदौ मसान्तसम्म पालिका अधिवेशनहरू सक्ने उल्लेख छ ।

असोज मसान्तसम्म जिल्ला अधिवेशन, १५ कात्तिकमा प्रदेश अधिवेशन सकेपछि राष्ट्रिय महाधिवेशन हुनेछ । महाधिवेशनको कार्याविधि पछि पठाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?