+
+
Shares

कृत्रिम बीमा दाबी र तिनमा भुक्तानीको परिपाटी रोक्नुपर्छ : अर्थ मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी दिनमा बीमा क्षेत्रको कृत्रिम दाबी र भुक्तानीको परिपाटी रोक्ने योजना बनाएको छ।
  • अर्थमन्त्रालयले बीमा व्यवसायको नियमनमा सुधार गरी जोखिम व्यवस्थापन र पूँजी परिचालन विस्तार गर्ने जनाएको छ।
  • नेपालमा हाल ३७ बीमा कम्पनी सञ्चालनमा छन् र बीमाको पहुँच २०८२ फागुनसम्म ४९.९२ प्रतिशत पुगेको छ।

१४ वैशाख, काठमाडौं । सरकारले आगामी दिनमा बीमा क्षेत्रको कृत्रिम बीमा दाबी र भुक्तानीको परिपाटी रोक्ने जनाएको छ । अर्थमन्त्रालयले वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै बीमा क्षेत्रको विकृति पहिचान गरी नक्कली दावी भुक्तानीलाई नियन्त्रण गर्ने जनाएको हो ।

बीमा व्यवसायको नियमनमा व्यापक सुधार गरी एकातर्फ कृत्रिम बीमा दाबी र भुक्तानीको परिपाटी रोक्नुपर्ने अर्कोतर्फ बीमा सेवाको दायरा विस्तार गरी जोखिम व्यवस्थापन र दीर्घकालीन पूँजी परिचालन गर्नुपर्ने योजना रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

साथै सरकारको लगानीमा स्थापित बीमा कम्पनीहरूको कमजोर संस्थागत क्षमतामा सुधार गर्ने जनाइएको छ । नेपालको बीमा क्षेत्रमा हालसम्म १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा तथा २ पुनर्बीमा गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा छन् । बीमाको पहुँच २०८२ फागुनसम्म ४९.९२ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?