+
+
Shares

विजय बराल, वर्षा राउत अभिनित ‘मालती मंगले’ को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते २०:२५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'मालती मंगले'को ट्रेलर सोमबार युट्युबमा सार्वजनिक भएको छ।
  • ट्रेलरले परिवार र सामाजिक कथामा आधारित प्रेम कथा र पारिवारिक खटपट प्रस्तुत गरेको छ।
  • फिल्म २५ वैशाखदेखि प्रदर्शनमा आउँदैछ र आरआर फिल्म्सले वितरण गर्नेछ।

काठमाडौं । विजय बराल, मेक्सम गौडेल र वर्षा राउतको शीर्ष अभिनय रहेको फिल्म ‘मालती मंगले’को ट्रेलर युट्युबमा सोमबार सार्वजनिक भएको छ ।

ट्रेलरले यो फिल्म परिवार र सामाजिक कथामा आधारित रहेको बुझ्न सकिन्छ । मालती (वर्षा राउत) र मंगले (विजय बराल) बीचको प्रेम कथा, उनीहरूको सम्बन्धमा आउने दरार र पारिवारिक खटपटलाई प्रस्तुत गरिएको छ ।

गौडेललाई हरि नामक खलपात्रमा देखाइएको छ । ट्रेलरमा समावेश चर्चित गीतहरू ’झ्याम पारम’ र ’सुनैको सपनी’का केही आकर्षक अंश पनि समावेश गरिएका छन् ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईंले लेखेका हुन् । फिल्ममा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङको पनि अभिनय छ ।

यो फिल्म २५ वैशाखदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?