+

७५ रनमा अलआउट भएको दिल्लीमाथि बेंगलुरुको सहज जित

२०८३ वैशाख  १४ गते २२:१३ २०८३ वैशाख १४ गते २२:१३
७५ रनमा अलआउट भएको दिल्लीमाथि बेंगलुरुको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ।
  • बेंगलुरुले ७६ रनको लक्ष्य ६.३ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो।
  • दिल्ली १६.३ ओभरमा ७५ रनमा अलआउट भएको थियो र बेंगलुरु दोस्रो स्थानमा छ।

१४ वैशाख, काठमाडौं । आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले सहज जित हासिल गरेको छ ।

सोमबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई बेंगलुरुले ९ विकेटले पराजित गरेको हो । ७६ रनको सामान्य लक्ष्य बेंगलुरुले १ विकेटको क्षतिमा ६.३ ओभरमा पूरा गर्‍यो ।

देवदत्त पडिक्कल ३४ अनि विराट कोहली २३ रनमा अविजित रहे । ज्याकब बेथेलले २० रन बनाए । काइल जेमिसनले एकमात्र विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्ली १६.३ ओभरमा ७५ रनमा अलआउट भएको थियो । दिल्लीले सुरुवाती ८ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो ।

इनिङको दोस्रो बलमै साहिल पारख शून्यमा आउट भए भने २ रन जोड्दा अर्का ओपनर केएल राहुल पनि आउट भए । लगत्तै समीर रिज्भी पनि आउट भएपछि दिल्ली २-३ को अवस्थामा पुगेको थियो ।

त्यसपछि स्कोर ७ हुँदा ट्रिस्टन स्टब्स र कप्तान अक्षर पटेल पनि आउट भए भने स्कोर ८ रन हुँदा नितिश राना आउट भएपछि दिल्ली ८-६ को अवस्थामा पुगेको थियो ।

त्यहाँबाट अभिषेक पोरेल र डेभिड मिलर मिलेर ३५ रनको साझेदारी गरे । मिलर १९ रनमा आउट भएपछि दिल्ली ४३-७ को अवस्थामा पुग्यो । त्यसपछि काइल जेमिसन १२ अनि कुलदीप यादव ५ रनमा आउट भए ।

अन्तिम विकेटका रूपमा अभिषेक पोरेल ३० रनमा आउट भएपछि दिल्ली ७५ रनमै अलआउट भएको थियो ।

बेंगलुरुका जोश हेजलवूड र भुवनेश्वर कुमारले नै सुरुवाती ४ ओभरभित्र ३-३ विकेट लिएका थिए । हेजलवूडले ३.३ ओभरमा १२ रन दिएर ४ विकेट लिए भने भुवनेश्वरले ३ ओभरमा ५ रन दिएर ३ विकेट लिए । रशिख सलाम, सुयाश शर्मा र क्रुनाल पान्ड्याले १-१ विकेट लिए ।

यो विशाल जितसँगै बेंगलुरुले ८ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ भने पराजित दिल्लीको ८ खेलमा ६ अंक मात्र छ र सातौं स्थानमा छ ।

आईपीएल २०२६ दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बेंगलुरु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय