+
+
Shares

वरिष्ठ गायिका राणाले स्थापना गरिन् ‘मीरा राणा क्यान्सर समाज’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ गायिका मीरा राणाले 'मीरा राणा क्यान्सर समाज' स्थापना गरी क्यान्सरविरुद्धको लडाइमा सामूहिक साथ र सहकार्यमा पाइला चालेकी छन्।
  • मीरा राणाले बेलायतमा उपचार गर्दा डाक्टरले 'तपाईं त महान गायिका हुनुहुँदो रहेछ' भन्दै हौसला दिएको स्मरण गराइन्।
  • समाजको उपाध्यक्षमा सिदार्थ राणा, कोषाध्यक्षमा सुरक्षा सिजापती र सचिवमा हेमा मानन्धर चयन भएका छन्।

काठमाडौं । वरिष्ठ गायिका मीरा राणाले आफ्नो व्यक्तिगत संंघर्षलाई सामाजिक अभियानमा रूपान्तरण गरेकी छन् । आफ्नो अध्यक्षतामा ‘मीरा राणा क्यान्सर समाज’ स्थापना गर्दै क्यान्सरविरुद्धको लडाइमा सामूहिक साथ र सहकार्यमा पाइला चालेकी हुन् ।

‘सेवा, सहयोग र सदभावको उद्देश्यले क्यान्सरविरुद्वको लडाईंमा हामी सबै एकसाथ’ भन्ने नाराका साथ राणाले सो संस्थाको स्थापना गरेकी हुन् । उमेरले ७ दशक र गायन करियरले ६ दशक पार गरेकी उनले आफू कुनै समय गम्भिररुपमा अस्वस्थ भएको स्मरण गर्दै उनले रोगलाई जित्न परिवार र अस्पतालमा चिकित्सकको व्यवहारले ठूलो महत्व राख्ने बताइन् ।

‘मलाई स्वास्थ्यमा समस्या भएपछि यहाँ धेरै ठाउँमा परिक्षण गराएँ । तर, केही उपलब्धि नभएपछि उपचारका लागि बेलायत गएकी थिएँ । मेरो सम्पूर्ण रिपोर्ट हेरेर त्यहाँको डाक्टरले तपाईं त महान गायिका हुनुहुँदो रहेछ भन्दै खुशी ब्यक्त गर्नुभयो’ राणाले भनिन्, ‘पछि रोगको पहिचान सुनाउनु भयो । डाक्टरले हाँस्दै हामी सबै ठीक पाछौँ, हामी छौ नि भन्नुभयो । त्यो सुनेपछि मलाई ठूलो हौसला मिल्यो ।’

मीरा अघि भन्छिन्, ‘जब मेरो अप्रेसन थियो, त्यो बेला ६/७ जना डाक्टर थिए । मलाई बेडमा सुताएर हरेक डाक्टरले हौसला दिँदै आ-आफ्नो कामबारे बताए । मलाई माया गर्ने यति धेरै रहेछन् भन्ने लाग्यो । डाक्टरको व्यवहारले नै आधा रोग हराएको जस्तो हुने रहेछ ।’

मीराले नेपालमा त्यस्तो अवस्था नरहेको जनाउँदै भनिन्, ‘मैले त विभिन्न अस्पतालका डाक्डरका साथ सजिलैसंँग सहजपूर्ण वातावरणमा उपचार र सल्लाह लिने मौका पाएँ । तर मैले अधिकांश विरामीको अवस्था देखेकी छु, जसले अस्पतालमा निकै सास्ती व्यहोर्नुपरेको छ । त्यसमाथि क्यान्सर पीडितले भोग्नुपर्ने सास्ती ठूलै देखेकी छु ।’

‘अस्पतालमा डाक्टरले विरामीलाई हाँसेर म छु मात्र भने पनि धेरै हौसला मिल्छ’ मीराले कार्यक्रममा सहभागी सबै चिकित्सकसँग आग्रह गरिन् ‘बाहिर बिरामी जति धेरै होउन् । तपाईंहरूले एकपटक बाहिर निस्केर सबैका अगाडि हाँसेर म छु है भन्दिनुभयो भने, बिरामीको आधा रोग त्यसै ठीक हुन्छ । उनीहरुलाई ठूलो आत्मबल मिल्छ ।’

रेडियोकर्मी तथा सल्लाहकार धन लामाले स्वागत मन्तव्य प्रस्तुत गर्दै गायिका राणाले आफ्नो उद्देश्य र ठूलो सपनालाई पूरा गरेको र त्यसलाई साकार पार्न सबैको सहयोग आवश्यक रहेको बताए । प्रमुख अतिथि तथा समाजका सल्लाहकार भक्तपुर क्यान्सर अस्पतालका निर्देशक रोशन प्रजापतिले मीरालाई भेट्दा उनको जोश देखेर उत्साहित भएको बताए ।

समाजकी सचिव हेमा मानन्धरले क्यान्सर भएपछि पनि जीवन फूल्नुपर्छ र फूल जस्तै फक्रनूपर्छ भन्ने उद्देश्यले राणाले समाजको गठन गरी क्यान्सर प्रभावितलाई सघाउन पाइला अगाडि सारेको बताइन् । कलाकार तथा समाजका सल्लाहकार मदनदास श्रेष्ठले केही वर्ष अघि आफ्नी छोरीलाई समेत क्यान्सर भएको र निको भएको स्मरण गर्दै क्यान्सर केही होइन भन्नका लागि एउटा संस्था जरुरी रहेको र त्यो मीराले पूरा गरेको बताए ।

समारोहमा संगीतकार दीपक जंगम, गीतकार कपिल लोहनी, तीलगंगा आँखा अस्पतालका दिनेश पोखरेल, रुपी सिँहलगायतले समाजका कार्यमा साथ दिने प्रतिवद्धता जनाए ।

समाजको उपाध्यक्षमा सिदार्थ राणा, कोषाध्यक्षमा सुरक्षा सिजापती, सचिवमा हेमा मानन्धर, सह–सचिवमा नविना शाक्य छन् । सल्लाहकारमा गीतकार श्रीपुरुष ढकाल, राजाराम पौडेल, मनोहर सुनामलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?