+
+
Shares

नेकपाले आफूलाई सुदूरपश्चिमको इञ्चार्ज तोकेपछि भीम रावल असन्तुष्ट

‘सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मा दिएर सुदूरपश्चिम प्रदेशमा बुढा पुस्तालाई जिम्मेवारी दिनु अलि मिलेन’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १४:४५

१५ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले आफूलाई नसोधेरै सुदूरपश्चिम प्रदेश कमिटीको इञ्चार्ज तोकेको भन्दै भीम रावल असन्तुष्ट भएका छन् । मंगलबार फेसबुकमार्फत रावलले आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् ।

‘नेपाली कम्युनिष्ट पार्टीको कार्यविभाजनअन्तर्गत मलाई सुदूरपश्चिम प्रदेशको इञ्चार्ज तोकिएको कुरा मसँग परामर्शबिना सार्वजनिक भएकोले सार्वजनिक रूपमै यति भन्नुपर्ने भयो- सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मा दिएर सुदूरपश्चिम प्रदेशमा बुढा पुस्तालाई जिम्मेवारी दिनु अलि मिलेन,’ उनले लेखेका छन्, ‘त्यहाँ पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’

नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको सोमबार बसेको बैठकले ७ भूगोल प्रदेश र २ गैरभौगोलिक प्रदेशमा इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको थियो । जसमा सुदूरपश्चिमको इञ्चार्जको जिम्मेवारी रावललाई तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?