+
+
Shares

गौरवका आयोजनाको वर्तमान अवस्था अध्ययन गर्न उपसमिति गठन

संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था र समस्या अध्ययन गर्न सांसद श्रीराम न्यौपानेको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ।
  • राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले निर्माणधीन आयोजनाहरूको वित्तिय समस्या, निर्माण व्यवसायीको कार्य क्षमता र कानूनी व्यवस्थाका कारण ढिलाइ भएको जानकारी गराएका थिए।
  • बैठकले समितिको कार्यविधि मस्यौदा तयार गर्न सांसद राजेन्द्र राईको संयोजकत्वमा उपसमिति गठन गरेको छ र सात दिनभित्र प्रतिवेदन दिन समय दिएको छ।

१५ वैशाख, काठमाडौं । संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकले राष्ट्रिय गौरवका आयोजनाको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न सांसद श्रीराम न्यौपानेको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरिएको समिति सभापति आशिष गजुरेललले जानकारी दिए ।

उपसमितिको प्रतिवेदनमा आधारमा आगामी दिनमा राष्ट्रिय गौरवका आयोजनाको अवस्थाकाबारे सरोकारवाला निकायसंग प्रभावकारी ढंगले छलफल गर्न सहज हुने उनको भनाइ छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले निर्माणधीन राष्ट्रिय गौरवका आयोजनाहरूको भौतिक तथा वित्तिय प्रगतिका बारेमा जानकारी गराएका थिए ।

उनले वित्तिय समस्या, निर्माण व्यवसायीको कार्य क्षमता र विद्यमान कानूनी व्यवस्थाका कारण आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्न समस्या देखिएको उल्लेख गरे ।

बैठकमा समिति सदस्यहरुले समितिको कार्यक्षेत्रभित्र पर्ने बिषयमा सम्बन्धीत मन्त्रालयका मन्त्रीहरुलाई समेत बोलाएर छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै बैठकले सांसद राजेन्द्र राईको संयोजकत्वमा समितिको कार्यविधि मस्यौदा उपसमिति समेत गठन गरेको छ । उपसमितिलाई सात दिनभित्र प्रतिवेदन दिन समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?