News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रियस्तरका ८ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा ४९ प्रतिशतले बढाएर ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ कमाएका छन्।
- गरिमा विकास बैंकले सबैभन्दा धेरै १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने लुम्बिनी विकास बैंकको नाफा वृद्धिदर सबैभन्दा बढी १०२८ प्रतिशत छ।
- विकास बैंकहरूको लोन लस प्रोभिजन घट्दा नाफा बढेको छ र खुद ब्याज आम्दानी पनि गत वर्षको तुलनामा बढेर १६ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
१५ वैशाख, काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा ४९ प्रतिशत बढाएका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार यी विकास बैंकले चालु आर्थिक वर्ष २०२८२/८३ चैत मसान्तसम्म (९ महिनामा) कुल ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
गत आर्थिक वर्षको यहीं अवधिमा यी बैंकको नाफा ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ थियो । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म सबैभन्दा धेरै १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै वृद्धिदरका आधारमा भने लुम्बिनी विकास बैंक अगाडि छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको यस विकास बैंकले चालु आवको सोही अवधिमा ५६ करोड १६ लाख रुपैयाँ छ ।
तेस्रो त्रैमासिक समीक्षा अवधिमा विकास बैंकहरूको नाफा
| विकास बैंक | नाफा, चैत २०८२ | नाफा, चैत २०८१ | वृद्धिदर % |
| गरिमा | १०४ करोड ८२ लाख | ७३ करोड ३४ लाख | ४२.९० |
| साइन रेसुङ्गा | ७८ करोड ८४ लाख | ५१ करोड ४० लाख | ५३.३८ |
| मुक्तिनाथ | ९४ करोड २६ लाख | ७२ करोड ४८ लाख | ३०.०० |
| कामना सेवा | ५८ करोड ८६ लाख | ४९ करोड ३१ लाख | १९.३६ |
| लुम्बिनी | ५६ करोड १६ लाख | ४ करोड ९७ लाख | १०२८ |
| ज्योति | ६२ करोड ९४ लाख | ३० करोड ६६ लाख | १०५.२९ |
| महालक्ष्मी | ४५ करोड ९९ लाख | ४३ करोड ६५ लाख | ५.३६ |
| सांग्रिला | ४८ करोड ४५ लाख | ४३ करोड ४२ लाख | ११.५८ |
त्यस्तै प्रतिसेयर आम्दानीमा गरिमा विकास बैंक नै सबैभन्दा अगाडि छ । उसको वार्षिक प्रतिसेयर आम्दानी २३.२१ रुपैयाँ छ । वितरणयोग्य नाफाका आधारमा लुम्बिनी विकास बैंक अगाडि छ । सो बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १७.४८ रुपैयाँ छ ।
विकास बैंकहरुको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्दा नाफामा उल्लेख्य प्रगति भएको देखिन्छ । राष्ट्रियस्तरका ८ विकास बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ९२ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्ज छुट्याएकोमा यो वर्षको सोही अवधिमा आउँदा २ अर्ब ८१ करोडमा झरेको छ ।
त्यस्तै खुद ब्याज आम्दानी पनि सामान्य बढेको छ । यस्तो आम्दानी गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ अर्ब ४५ करोड रुपैयाँ रहेकोमा यो आर्थिक वर्षको सोही अवधिमा १६ अर्ब ४२ करोड रुपैयाँ छ ।
विकास बैंकको प्रतिसेयर आम्दानी र प्रतिसेयर वितरणयोग्य नाफा (रुपैयाँमा)
| विकास बैंक | प्रतिसेयर आम्दानी | प्रतिसेयर वितरणयोग्य नाफा |
| गरिमा | २३.२१ | १३.८९ |
| साइन रेसुङ्गा | २०.९३ | १२.५० |
| मुक्तिनाथ | १५.७१ | ७.०२ |
| कामना सेवा | २०.०५ | १४.१५ |
| लुम्बिनी | २०.६७ | १७.४८ |
| ज्योति | १९.०९ | ऋणात्मक |
| महालक्ष्मी | १३.५९ | ३.२५ |
| सांग्रिला | १७.३० | ७.०४ |
प्रतिक्रिया 4