+
+
Shares

डा. अर्जुन खड्का कर्णाली प्रदेशसभाको सचिवमा नियुक्त

यसअघिका सचिव जीवराज बुढाथोकी उमेर र दोहोरो सुविधा लिएको विवादमा परेपछि राजीनामा दिएका थिए । उनको राजीनामापछि खड्कालाई मंगलवार रिक्त सचिव पदमा नियुक्त गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशसभा सचिवालयको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन्।
  • खड्काले सभामुख नन्दा गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
  • उनले कानुन र न्याय क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव र संविधान मस्यौदा समितिमा काम गरेको अनुभव छ।

१५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन् । खड्कालाई सभामुख नन्दा गुरुङले प्रदेशसभाको सचिवमा नियुक्त गरेकी हुन् ।

तत्कालीन सचिव जीवराज बुढाथोकी उमेर र दोहोरो सुविधा लिएको विवादमा परेपछि राजीनामा दिएका थिए । उनको राजीनामापछि खड्कालाई मंगलवार रिक्त सचिव पदमा नियुक्त गरिएको हो ।

नवनियुक्त सचिव खड्काले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सभामुख गुरुङ समक्ष पद तथा गोपनीयता शपथ लिएका हुन् ।

नेपाल सरकारका पूर्व सहसचिवसमेत रहेका खड्का सिद्धिचरण नगरपालिका–९ ओखलढुङ्गा स्थायी निवासी हुन् । संघीय संसद् सचिवालयमा पाँच वर्ष कानुनी सहसचिवको रूपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ ।

कानुन विषयमै विद्यावारिधि गरेका उनले सार्वजनिक प्रशासन विषयमा सिंगापुरको नेसनल युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन् ।

नेपालको संविधान निर्माणका क्रममा सविधानको मस्यौदा समितिमा रहेर काम गरेका उनी २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा हप्ता दिनसम्म प्रदेशसभामै बसेर बैठक सञ्चालनको सहजीकरण समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?