+
+
Shares

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवस्था विभागले डिजेलको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाएको छ।
  • भाडा वृद्धि अन्तरप्रदेश यातायात र मालबहाक सवारीमा लागू हुने विभागले जनाएको छ।
  • विद्युतीय सवारीसाधनले भाडा बढाए कारबाही हुने विभागले चेतावनी दिएको छ।

१६ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आज बुधबारदेखि नै लागू हुने विभागले जनाएको छ ।

अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।

यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ वैशाखमा सहमति दिएको थियो । सोहीअनुसार सार्वजनिक सवारी साधनको भाडा बढाइएको विभागले जनाएको छ ।

हाल डिजलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ छ । विद्युतीय सवारी साधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ । यदि विद्युतीय सवारी साधनले भाडा बढाएमा कारबाही हुने विभागले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?