News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारस्थित कार्यालयमा सुरु भएको छ।
- पार्टी सभापति रवि लामिछानेसहित काठमाडौं उपत्यकाका सांसदहरू बैठकमा उपस्थित छन्।
- सरकारले मंगलबार दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि पार्टीले विरोध जनाउँदै छलफल गर्न लागेको छ।
१६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेसहित काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूको उपस्थिति रहेको छ । अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूसँग सभापति लामिछानेले छलफल गर्न लागेका हुन् ।
सरकारले मंगलबार मात्रै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4