News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल वर्ल्ड लुना लुइँटेलले मिस वर्ल्डको 'ब्युटी विथ पर्पस' प्रोजेक्ट पर्वतको फलेवासमा स्थानीय महिला समूह, विद्यालय र अस्पताललाई हस्तान्तरण गरेकी छन्।
- द हिडन ट्रेजरले दुना टपरी कारखाना सञ्चालनका लागि २५ लाख रुपैयाँको लागत र सिड्-मनी प्रदान गर्ने जनाएको छ।
- मिस वर्ल्ड प्रतियोगिता भियतनामको चि मिन्ह सहरमा जुलाई अन्त्यमा हुने र लुनाले अगस्ट ९ भित्र त्यहाँ पुग्ने बताइएको छ।
काठमाडौं । मिस नेपाल वर्ल्ड लुना लुइँटेलको ‘मिस वर्ल्ड’ तयारी अन्तिम चरणमा पुगेको छ । उनले मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को प्रोजेक्ट सम्पन्न गर्दै समुदायलाई हस्तान्तरण गरेकी छन् ।
पर्वतको फलेवासमा सम्पन्न परियोजनालाई उनले स्थानीय महिला समूह, विद्यालय र अस्पताललाई हस्तान्तरण गरिन् । सो अवसरमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकार र लुनाको परिवारका सदस्य सहभागी थिए ।
महिलालाई उद्यमशिल तुल्याउने उद्देश्यले खोलिएको दुना टपरी कारखाना स्थानीय महिला समूहलाई हस्तान्तरण गरेकी छन् । दुना टपरी बनाउने भवन, उपकरण र प्राविधिक तालिमसहित २५ लाख रुपैयाँको लागत लागेको छ ।
यो प्रोजेक्टमा द हिडन ट्रेजरले सिड्-मनी राखिदिने भएको छ । ‘सुरुवाती चरणमा हामीले पैसा राखिदिनेछौं’ प्रमोदले भने ।

स्थानीय जनता आधारभूत विद्यालयमा पुस्तकालय पनि बनेको छ । त्यहाँ १६ वटा कम्प्युटर र ७५ इन्चको डिजिटल बोर्ड जडान गरिएको छ । यसको लागत २७ लाख लागत छ । स्कुललाई यो सबै हस्तान्तरण गरिएको छ ।
सोही स्कुलमा ६ वटा शौचालय मर्मत गरिएको छ । मर्मत खर्च ४ लाख रहेको छ । दूरसञ्चार कम्पनी एनसेलसँग मिलेर त्यहाँस्थित धुलिखेल अस्पतालको शाखा अस्पतालमा टेलिमेडिसिनको उपकरण समेत प्रदान गरिएकोछ । यो मेसिनको लागत ८० हजार अमेरिकी डलर पर्ने जनाइएको छ ।
यसवर्षको मिस वर्ल्ड प्रतियोगिता भियतनामको हो चि मिन्ह सहरमा हुँदैछ । ग्रान्ड फिनाले जुलाइ अन्त्यमा हुने बताइएको छ । जहाँ, सहभागी हुन लुना अगस्ट ९ भित्र त्यहाँ पुग्नेछिन् । फिनाले सेप्टेम्बर ५ लाई तय छ ।
यसैबीच, मिस नेपाल २०२६ को आवेदन आह्वान अबको दुई साताभित्र हुने जनाइएको छ ।






प्रतिक्रिया 4