१६ वैशाख, काठमाडौं । संघीय संसद्का चार विपक्षी दलको संयुक्त बैठक भोलि पनि बस्ने भएको छ । भोलि बिहान ११ बजे पुन: बैठक बस्ने सहमति भएको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।
यसअघि प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज चार विपक्षी दलको बैठक बसेको थियो । बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता सहभागी थिए ।
बैठकमा चार दलले संयुक्त वक्तव्य जारी गरेर संसद् अधिवेशन अन्त्य गरेर सरकारले धमाधम अध्यादेश ल्याएको भन्दै त्यसको घोर विरोध गरेका छन् । वक्तव्यमा कांग्रेस दलका नेता आङदेम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी प्रतिनिधि सरस्वती लामाले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया 4