+
+
Shares

सार्वजनिक जग्गा खाली गराउन डोल्पाको त्रिपुरासुन्दरीको ४८ घण्टे सूचना

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले सार्वजनिक सडक तथा स्थानमा गरिएको अतिक्रमण हटाउन ४८ घण्टे अल्टिमेटम दिएको छ।
  • नगरपालिकाले अनधिकृत संरचना, सामान राख्ने र व्यापार सञ्चालन गर्ने कार्य तत्काल हटाउन निर्देशन दिएको छ।
  • अतिक्रमण नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही गरिने र खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने नगरपालिकाले जनाएको छ।

१६ वैशाख, डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले सार्वजनिक सडक तथा अन्य सार्वजनिक स्थानमा गरिएको अतिक्रमण हटाउन ४८ घण्टे अल्टिमेटम दिएको छ।

नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पालिकाभित्रका सडक, फुटपाथ, नाला, चौतारा लगायतका स्थानमा अनधिकृत रूपमा संरचना निर्माण, सामान राख्ने तथा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्य बढ्दै गएको र यस्ता गतिविधि प्रचलित कान’न विपरीत भएकाले तत्काल हटाउन निर्देशन दिइएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थानेश्वर पनेरुले जानकारी दिए ।

उनले नगर क्षेत्रभित्र रहेका सम्पूर्ण अतिक्रमित सार्वजनिक स्थानमा राखिएका अस्थायी तथा स्थायी संरचना, टहरा, पसल तथा निर्माण सामग्री ४८ घण्टाभित्र स्वयं हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको बताए ।

तोकिएको समयसीमा भित्र अतिक्रमण नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही गरिने नगरपालिकाले चेतावनी समेत दिएको छ ।

साथै, अतिक्रमण हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने पनि नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?